वडाध्यक्षको छोराद्वारा पत्रकारमाथि हातपात

बारा । बारामा जनप्रतिनिधिका छोराले एक पत्रकारमाथि हातपात गरेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–११ अमाटारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।

समाचार संकलन गरि फर्किरहेको क्रममा पत्रकार यादवलाई जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय साहले एक्कासी गालि गलौज गर्दै हातपात गरेर उनको मोबाईल समेत खोसेकोे पत्रकार यादवले बताएका छन् ।

केहि दिन पहिला अमाटारमा एक जनाको घर आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको समाचार संकलन गरेको निहुँमा वडाध्यक्षको निर्देशनमा उनको छोराले आफू माथि हातपात गरेको पत्रकार यादवले आरोप लगाएका छन् । नेपाल वन खबर नामक अनलाइनको संचालक रहेका पत्रकार यादवले वडाध्यक्षको छोराले आफु माथि हातपात गरेको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी समेत दिएका छन् ।

पछिल्लो क्रममा नेपालमा पत्रकार माथि हातपातको घटना बढेको छ ।

प्रतिक्रिया