पाँचौंपल्ट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदैछन् । डेढ वर्षको अवधिमा प्रधानमन्त्रीले आज लिन लागेको विश्वासको मत पाँचौंपल्ट हो ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया