धान रोपिरहेकाे अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु

रौतहट । मौलापुर नगरपालिका– ८ सोनरनियामा बिहीबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
चट्याङ लागेर स्थानीय नारायण बैठाकी ४० वर्षीया श्रीमती धरोहरी देवी बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा धान रोपिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया