मधेस ब्युरो । आम जनता पार्टीको पर्सा जिल्ला पदाधिकारीको बैठकले शैक्षिक सुधारका लागि संगठन बिस्तारलाई तीव्रता दिने निर्णय गरेको छ । ‘नो शिक्षक, नो शिक्षण’ भन्ने नाराका साथ आजपाले मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्था गर्न शैक्षिक आमहड्तालको तयारी स्वरूप बसेको उक्त बैठकले कार्यविभाजनसमेत गरेको छ ।
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभुु साहको उपस्थितमा बसेको सो बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा अफताब आलम र संयोजक शिवनाथ रौनियार, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा राजकुमार साह र संयोजक दीपेन्द्र जयसबाल, निर्वाचन क्षेत्र नम्बर ३ को इन्चार्जमा अमिका चौहान र संयोजकमा जलसन खातुन र निर्वाचन क्षेत्र नम्बर ४ को इन्चार्जमा सन्ध्या पसवान, सह–इन्चार्जमा ओमप्रकाश कुशवाहा र संयोजकमा बशिष्ट कुशवाहालाइ चयन गरेको छ ।
त्यस्तै इदरिस हुसेनलाई आम मुस्लिम मोर्चा र इस्तिखार खालाई पोखरिया नगरपालिका संयोजक, सह–सयोजक ः चनरवती देवीलाइ जिम्मेवारी दिइएको छ । आजपा अध्यक्ष साहले जिम्मेवारी पाउनु हुने सम्पूर्णलाई एकमुष्ठ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिएका थिए ।
प्रतिक्रिया