जनकपुरधाम । एसइई परीक्षा २०८० उत्तीर्ण गरेका रौनियार जातिका १६ जना छात्र/छात्रालाई सम्मानित र पुरस्कृत गरिएको छ । रौनियार सेवा समिति जनकपुरधाम र रौनियार युवा मञ्च जनकपुरधामले सेवा समितिको धर्मशालामा संयुक्त रूपमा एक सम्मान कार्यक्रमको आयोजना गरी सम्पर्कमा आएका स्वजाती १६ जना एसइई उत्तीर्ण छात्र÷छात्रालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।
‘नगद राशि, कदरपत्र र मेडलसहित रौनियार मञ्चको आह्वान अवधिमा सम्र्पकमा आएका कुल १६ जनालाई हामीले सम्मानित तथा पुरस्कृत गरेका छौँ, रौनियार युवा मञ्चका अध्यक्ष सन्तोषकुमार साहले बताए । सो अवसरमा १६ छात्र/छात्रामध्ये सबैभन्दा बढी जिपिए ल्याएर उत्तीर्ण गरेका पत्रकार पुरन साह रौनियार र रिंकु साहका सुपुत्र प्रतिक रौनियारलाई विशेष मेडल र नगद राशिसहित सम्मानित गरिएको उनले बताए ।
प्रतिकले ३ दशमलव ९२ जिपिएसहित आफू अध्ययनरत विद्यालय टप गर्न सफल भएका छन् । सो अवसरमा जनकपुरधामका मेयर मनोज कुमार साह, संरक्षक वरिष्ठ ई.चन्देश्वर प्रसाद रौनियार, सेवा समितिका अध्यक्ष रामप्रताप साह, पूर्वअध्यक्ष लालबाबु साह, अरुणकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष राधेश्याम गुप्ता, युवा मञ्चका पूर्व अध्यक्ष सुनिल साह, वर्तमान महासचिव पंकजकुमार आजाद, सम्मान कार्यक्रमका संयोजक रञ्जित कुमार गुप्ता र अभिभावकका तर्फबाट पत्रकार पुरन साहले आआफ्नो धारणा राख्दै उत्तीर्ण छात्र/छात्रालाई बधाई ज्ञापन गर्नुका साथै अगामी दिनमा झनै मिहिनेत गरेर समाजको नाम उच्च गर्न शुभकामना दिएका थिए ।
प्रतिक्रिया