रौतहटमा दुई दिनको अवधीमा दुई जनाको शव फेला

रौतहट । रौतहटमा दुई दिनको अवधीमा दुई जनाको शव फेला परेको छ । सोमबार बिहान रौतहट जिल्लाको यमुनामाई गाउँपालिका– ४ सरुअठा नजिक रहेको झाझ खोलामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब ३० वर्षीया महिलाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ । खोलामा महिलाको शव रहेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल बिओपी लक्ष्मीपुर बेलबिछवाबाट टोली गएर पानीबाट महिलाको शव निकालेको हो ।

फेला परेको महिलाको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उक्त शव परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । यस्तै आइतबार माधवनारायण नगरपालिका– ९ स्थित बागमती नदीको किनारबाट एक पुरुषको शव फेला परेको थियो । कुहिएको अवस्थामा फेला परेको शवको सनाखात हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया