बारा । कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले जिल्लाका सामुदायिक विद्यालयका छात्रछात्राको मिहिनेतले सबैको सान बढाएको बताएका छ्न् ।
सोमबार बाराको कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाद्वरा एसइईमा जिल्लाको सामुदायिक विद्यालयहरूमा प्रथम तथा सामुदायिक र निजी विद्यालयमा दोस्रो हुने छात्रछात्राहरूको सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
उनले विद्यार्थीहरूले मिहिनेत गरेर राम्रो अंकले पास हुँदा विद्यालयको मान बढ्नुको साथ साथै अभिभावकले आफ्नो जुँगा बटारेर सानले हिडेको महसुस गरेको औल्याउँदै विद्यार्थीहरूलाई अझै मिहिनेत गरेर देशको नाम उच्च राख्न आग्रह गरे ।
साथै, उनले हाम्रो जमानामा शिक्षाको इस्तर सानै भए पनि विद्यार्थीको पढ्ने तरिका निकै राम्रो हुने गरेको र आजभोलि विद्यार्थीहरू बढी अल्छी र मोबाइलमुखी भएकाले मोबाइलमा न अल्झी आफ्नो मिसन अनुसार पढ्दै अगाडि बढेर देशको उच्च ओहदामा पुग्न विद्यार्थीहरूलाई आग्रह गरे ।
उक्त कार्यक्रममा बारा जिल्लामा सामुदायिक विद्यालयहरूमा जिल्ला प्रथम हुने आदर्श कोतवाल गाउँपालिका निवासी बुवा विश्वनाथ प्रसाद गुप्ता र माता महापती देवीको छोरा महेशकुमार गुप्ताले एसइईमा ९७.७५ जिपिए ल्याएर पास भएकाले आफ्नै विद्यालयले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी छात्रातर्फ बुवा मनोज कुमार शर्मा र माता संगीता देवी शर्माकी छोरी चान्दनी शर्माले एसइईमा ८७ जिपिए ल्याएर विद्यालयमा प्रथम हुँदा विद्यालयले कदरपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा श्री ३ चन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरी एसइईमा राम्रो नतिजा निकाल्न सफल सम्पूर्ण छात्रछात्राहरूलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिका– १ का वाडाध्यक्ष मोहनबहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरी, समाजसेवी राम अशिष साह, पवन सराफलगायतको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिओम प्रसाद सोनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालान शिक्षक अवधेश सिंहले गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकलगायतको सहभागिता समेत रहेको थियो ।
बारा
प्रतिक्रिया