‘त्रिविमा कार्यकर्ता भर्ती बन्द’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै उनले अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा नियुक्ति नहुने बताइन् ।

उनले भनेकी छिन्, ‘त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए, त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार अब विश्वविद्यालयका डिन, क्याम्पस प्रमुखलगायत पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ । शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो ।’

यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्यबारे जिम्मेवार सबैले हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत जिकिर गरेकी छिन् । उनले भनेकी छिन्, ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।’

प्रतिक्रिया