डोल्फु गाउँ लुटपाट प्रकरण : हतियारसहित तीन जना लुटेरा सार्वजनिक

मुगु । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा गत जेठ १२ गते भएको लुटपाटको घटनामा संलग्न तीन जना लुटेरालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा जेठ १२ गते भएको लुटपाटको घटनामा संलग्न तीन जनालाई उक्त घटनामा प्रयोग भएका हतियार र अन्य सामग्रीसहित जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जेठ १२ गते डोल्फु गाउँका स्थानीयहरु यार्सा संकलनमा गएको मौका छोपी हातहतियारसहित गाउँमा पसेका लुटेरा समूहले स्थानीयका २४ घर र एक गुम्बामा लुटपाट गरेका थिए । लटुपाटमा संलग्न ८ जनामध्ये प्रहरीले आइतबार पत्रकार सम्मेल मार्फत जुम्ला जिल्ला गोठीचौर गाउँपालिका–३ बस्ने आक्रोस प्रर्से भनिने गणेश भण्डारी, सोही वडाका पुर्णप्रसाद भण्डारी, र सोही गाउँपालिका –४ का कमल थापालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वनिक गरेको हो ।

घटनामा संलग्नहरुबाट जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ चुनेकाँध भन्ने स्थामा ओडारभित्र लुकाई राखेको एस. एल. आर थान १ यसको म्यागजिन दुई थान, यसमा लाग्ने गोली २५ राउण्ड, कटुवा पेस्तोल थान १, झोला १ थान, कम्ब्याट रङको रेनकोट ५ जोडी, कालो रङको सल १ थान, हेण्ड सेट ३ थान, बाईनाकुलर १ थान, गोलीका खोका ३ वटा र मिस फाएर भएको गोली १ थान बरामद गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले अन्दाजी ३५ तोला सुन, ९ सय ९४.५ तोला चाँदी, बुद्धका मुर्ति २, रिणमोक्ष मुर्ति १, मुगाको माला, ९५ तोला यार्सा, मोबाईल, नगद रु ५० लाख २५ हजारसहित अन्य धनमालहरु लुटपाट गरेको पीडितहरुको जाहेरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले विभिन्न ७ स्थानमा प्रहरी टोली खटाई घटना घटेको एक महिनापछि घटनामा संलग्नहरु ८ जनामध्ये तीन जनालाई पक्राउ गरी सार्वनिक गरेको बताए ।

पीडितको किटानी जाहेरीका आधारमा पक्राउ परेका अन्य जुम्ला पातारासी गाउँपालिका–३ का बिष्णुबहादुर बुढा, सोही वडाको तल्फी गाउँ बस्ने २६ वर्षीय तुलबहादुर कामी, सोही गाउँका नर भण्डारीको हकमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डोल्फु गाउँमा लुटपाटको घटनामा संलग्नहरुलाई जिल्ला अदालत मुगुमा डाँका चोरी, हातहतिया र संगठित अपराधतर्फ मुद्दा दर्ता भई २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया