आठबिसकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका– ८ खगेनकोट को बगारा नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधबार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।
मंगलबार बिहानदेखि पानी पर्दा भेरी नदीको किनारा नजिकै पहिरो खसिरहेको स्थानीय सुवर्ण गौतमले बताए । सडक अवरुद्ध भएपछि जोखिम मोलेर मानिसहरु आवतजावत गर्ने गरेको गौतमको भनाइ छ । सडक अवरुद्ध भएसँगै जाजरकोटदेखि रुकुम पश्चिम र डोल्पा आउजाउ गर्ने सवारी साधनहरु ठप्प भएका छन् ।
निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । वर्षा भइरहेकोले पहिरो हटाउन कठिनाई भएको रञ्जितकारले बताए ।
रुकुम पश्चिम
प्रतिक्रिया