फर्किए यार्सा संकलक

मुगु । मुगुको पूर्वी करान क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका लेकहरूमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासीहरू फर्कन थालेका छन् । जुम्ला, मुगु, कालीकोट, जाजरकोट लगायतका यार्सा संकलकहरू पाटनबाट फर्कन थालेका हुन । यार्सा संकलनका लागि मुगमकार्मारोङ गाउँपालिकाका वन क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासी घर फर्कन थालेका मुगुमकामारोङले जनाएको छ ।

गत जेठ १६ गते यार्सा संकलनका लागि मुगमकार्मारोङ गाउँपालिका वन क्षेत्रका पाटन खुल्ला गरिएको थियो १ महिनासम्म खुल्ला गरेको वनमा असार अन्तिमसम्म यार्सा संकलकहरू फर्किसक्छन् । तर, यो वर्ष समयमै पानी नपरेकाले र खडेरीका कारण यार्सा नउम्रिएको जानकाहरू बताउँछन् । यार्सा पाउने पछिसम्म बस्छन् तर नपाउने घर फर्किन थालेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का पृथ्वी रावत यार्सा संकलका लागि १ महिनाअघि लेकतिर गएका थिए ।

१ महिनासम्म पाटन बसेका रावत लगायतका यार्सा संकलकहरू यति बेला घर फर्किन थालेका छन् । घर खर्चको जोहो गर्न र सपना साकार गर्न ज्यान जोखिम राखेर पाटन गएका भए पनि यो वर्ष यार्सा भनेअनुसार नपाउँदा खल्लोे भएको यार्सा संकलनले गुनासो गरेका छन् ।

बालबालिकाहरू आफ्नो पढाइ प्रभावित गरेर कापीकलमको जोहो गर्न र घरखर्चको जोहो गर्न महिला पुरुष सबै यो बेला यार्सा संकलनका लागि पाटनतिर जाने गरेका छन् । बढी पाउने खुसी हुन्छन् त कम पाउने दुःखी हँुदै घर फर्किने गरेका छन् । मुगुको उच्च हिमाली पाटन मुगुमकामारोङ गाउँपालिकाका वन क्षेत्र सानो कोइकी, ठूलो कोइकी, छुमरु, रिमाण, चार्कु, छापाखोला लगायतका वनमा यार्सा पाइन्छ ।

मुगुमा बर्सेनि करिब ३० हजारको संख्यामा मान्छेहरू बर्सेनि यार्सा लगायतका जडीबुटी खोज्न हिमालतिर जान्छन् । यो वर्ष मौसम परिवर्तन खडेरीले कम मात्रमा यार्सा उम्रिएको हुन सक्ने र जथाभावी फोहोरले पनि समस्या भएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

यसरी गएकाहरू मध्ये केहीको ज्यान नै जाने गरेको छ । जडीबुटी खोजुञ्जेल संकलकहरूले भोग्नुपर्ने बासबसाई, खाना, स्वास्थ्य लगायतको समस्या त चाहेर पनि हटाउन सकिएको छैन । यो वर्ष मात्र ६ जना यार्सा संकलकले ज्यान नै गुमाइसकेका र विगतका वर्षहरूमा पनि यार्सा संकलक ४ जना गरी २ वर्षमा १० जनाले ज्यान गुमाएका मुगमकार्मारोङ गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक बलीबहादुर बुढाले बताए ।

प्रतिक्रिया