काभ्रे । पछिल्लो समय शिक्षित बेरोजगारीको दर बढिरहेको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै ती युवाहरूलाई स्वावलम्बी बनाउन विभिन्न दर्जन शीर्षकमा तालिम दिँदै आएको जिल्ला युवा समिति काभ्रेले ३० जना चेलीहरूलाई आत्मरक्षाको तालिम दिएको छ । जिल्ला युवा समितिद्वारा आयोजित २ दिने महिला आत्मरक्षा तालिममा एकै उमेर समूहका कलेज पढ्ने युबतीहरूलाई उक्त तालिम दिएको हो ।
वेटर, कुक, काष्ठकला, सिलाइ, ब्युटिसियनको २ शीर्षक, मोबाइल रिपियरिङको २ शीर्षक, प्लम्बिङलगायत दर्जन शीर्षकमा बेरोजगारले प्रताडित युवाहरूलाई स्वावलम्बी बनाउन लागिरहेको युवा समितिले युवतीहरूको सुरक्षा र रक्षार्थका लागि भन्दै आत्मरक्षा तालिमसमेत दिएको छ । उनीहरूमाथि विभिन्न ठाउँमा भइरहेको, हुन सक्ने दुव्र्यवहारको प्रतिरक्षा गर्न आफैँ सबल हुने र हुन सक्ने हरेक दुव्र्यवहारको प्रतिरक्षा र सामना गर्न सक्ने प्रतिरोध गर्न सक्नेसम्म बनाउन उक्त तालिम दिएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
असार १४ र १५ गते भएको आत्मरक्षा तालिममा २ जना महिला प्रशिक्षकहरूले सहभागीहरूलाई प्रशिक्षित गरेका थिए । जिल्ला युवा समिति काभ्रेद्वारा आयोजित २ दिनको उक्त महिला आत्मरक्षा तालिमको शनिबार समापन गरिएको छ । तालिममा जिल्लाभरका १३ पालिका मध्ये ८ पालिकाको प्रतिनिधित्व गरिने गरी ३० जना सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका उपाध्यक्ष रिमबहादुर तामाङले गरेका थिए । उनले महिलाहरूको सुरक्षा र सशक्तीकरणका लागि यस्ता तालिमहरूको आवश्यकता र महत्वबारे आफ्नो मन्तव्य राख्दै, सहभागी महिलाहरूलाई तालिमबाट प्राप्त सीपहरू दैनिक जीवनमा लागू गर्न अपिल गरेका थिए ।
तालिमका प्रशिक्षकहरूले आत्मरक्षाका विभिन्न प्रविधि र रणनीतिहरू सिकाए । उनीहरूले सर्वप्रथम मानसिक रूपमा आफू दुव्र्यवहारमा वा हिंसामा परेको कुरा चेलीहरूले महसुस गर्नुपर्ने बताए । कार्यक्रममा युवा समितिका सल्लाहकार रोशन पाण्डेले उनीहरूले त्यस्ता घटनाको सार्वजनिक गर्नुपर्ने कानुनसम्म पु¥याउँदै गर्दा ढिला र क्षति भइसक्ने भएकोले यस्तो तालिम प्रभावकारी हुने बताए । उनले त्यस्तो घटनाहरूमा कारबाही गर्नुपूर्व नै गरिने तयारीले त्यस्ता कुरा हुनबाट नै रोक्ने कुरालाई बुझाउँदै, आफ्नो शारीरिक सुरक्षाको लागि कराते, जुडो, र अन्य मार्सल आर्ट्सका आधारभूत सिद्धान्तहरू प्रयोग गर्न सकिने बताए ।
उनले अहिलेको हिंसा र दुव्र्यवहारको घटनाको प्रकृतिमा प्रविधिमार्फत समेत हुने गरेको भन्दै सरोकारवाला निकायले त्यस्ता सामाजिक सञ्जाल र प्रविधिहरू नियमन गर्न आवश्यक नीति नियम कानुनसमेत आवश्यक रहेको बताए । तालिममा संकटको समयमा कसरी प्रतिक्रिया जनाउने, कसरी आक्रमणकारीलाई निष्क्रिय बनाउने र कसरी भाग्ने उपायहरूको समेत अभ्यास गराइएको थियो ।
तालिममा सहभागीहरूले तालिमको समापनपछि भने, ‘यो तालिमले आफूहरूलाई आत्मविश्वासी बनाएको र अहिले आफूलाई र आफ्नो परिवारलाई सुरक्षित राख्नका लागि केही महत्वपूर्ण सीपहरू जान्न सफल भएको प्रतिक्रिया दिएका छन् ।’
कार्यक्रमको समापन समारोहमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला युवा समितिका सदस्यहरू, स्थानीय नेताहरू, र अतिथिहरूले तालिमको बारेमा आफ्नो धारणा राख्दै र यसले महिलाहरूमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले भने ‘महिलाहरूको आत्मरक्षा र सुरक्षाका लागि यस्ता तालिमहरू निकै महत्वपूर्ण छन् । हामीले पछिल्लो वर्षहरूमा युवाको सीप विकास तालिम र स्वरोजगार बनाउन विभिन्न शीर्षकमा तालिम दिँदै आएका थियौँ । ३०० युवाहरूलाई त्यस्ता सीप विकास तालिम दिएर स्वावलम्बनको बाटोमा हिँडाएका छौँ त्यसको प्रतिफल तत्काल नदेखिए पनि कलान्तरमा पक्कै राम्रो आउनेछ, युवा समितिले युवालाई रोजगारी उन्मुख मात्रै गराउने भन्दा पनि उनीहरूको समस्या समाधान र आवश्यकतालाई समेत हेरेर महिला आत्मरक्षाका तालिम ल्याएको उनले बताए । उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने बताए ।
थापाले तालिमको मुख्य उद्देश्य महिलाहरूलाई आत्मरक्षा सम्बन्धी आधारभूत सीप र ज्ञान प्रदान गर्नु थियो, जसले गर्दा उनीहरूले आफूलाई विभिन्न खतराबाट सुरक्षित राख्न सकून् भन्ने हो यो जीवनउपयोगी विषय पनि हो ।
तालिममा सहभागी महिलाहरूलाई आत्मरक्षाका विभिन्न प्रविधि र रणनीतिहरू सिकाइएको थियो । कार्यक्रममा कराते, जुडो, तथा अन्य मार्सल आर्ट्सका व्यक्तिहरूले प्रशिक्षण दिएका थिए । उनीहरूले संकटको समयमा कसरी संयमित रहनुपर्छ र कसरी आत्मरक्षाका उपायहरू प्रयोग गर्नुपर्छ भन्ने विषयमा सिकाएका थिए । समापन समारोहमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उपस्थित अतिथिहरूले तालिमको महत्व र यसले महिलाहरूको जीवनमा पु¥याउने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए । कार्यक्रमले महिलाहरूमा आत्मरक्षा र सुरक्षाप्रति सजगता बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया