सहिदनगरमा जनमतको दोस्रो नगर अधिवेशन सम्पन्न

जनकपुरधाम । जनमत पार्टी सहिदनगर नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय सचिव बिपी साहको प्रमुख आतिथ्यमा भएको दोस्रो नगर अधिवेशनबाट श्री प्रसाद यादव अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी यादवको नेतृत्वमा २९ सदस्य नयाँ कार्यसमिति समेत गठन गरिएको छ । उक्त नगर कार्यसमितिको उपाध्यक्षमा अनिता देवी यादव, सचिवमा विष्णुदेब ठाकुर, सहसचिव देवसरण यादवलाई चयन गरिएको छ ।

त्यसैगरी, कोषाध्यक्षमा सुजिता मुखिया निर्वाचित भएकी छन् । सो कार्यक्रममा केन्द्रीय कार्यकारणी सदस्य रेखा मण्डल, जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष वीरेन्द्र यादव पर्यवेक्षक तथा प्रदेश सदस्य राम पुकार यादव सह–पर्यवेक्षक विजय यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया