एमाले फिदिम नगर कमिटीद्वारा वृक्षारोपण

पाँचथर । एमाले फिदिम नगर किमिटीले जननेता मदन भण्डारीको को ७३औँ जन्मजयन्तीको अवसरमा फिदिम नगरपालिका २ मा वृक्षारोपण गरेको छ । फिदिम २ बान्द्रेनि धैरे ग्वाङगे सामुदायिक वनमा चिउरी, कल्पि, जामुन लगायत ३ सय बिरुवा रोपिएको नगर अध्यक्ष दिपेन्द्र तुम्वापोले जानकारी दिए ।

सो अभियानमा एमाले केन्द्रीय सदस्य , जिल्लाका पदाधिकारी, नगर पदाधिकारी, युवा संघ , वडा कमिटी अध्यक्ष तथा पदाधिकारी, वडा दुईका वडाध्यक्ष, वन पैदावार प्रतिनिधि जनसंगठन, लगायतको सहभागिता रहेको थियो ।

बनमा चिउरी जस्ता बिरुवा लगाउनाले बन्यजन्तु बादर समेतलाई आहार राहात मिल्ने अध्यक्ष दिपेन्द्र तुम्बापोको भनाई रहेको छ ।
बाँदर आतंक नियन्त्रणलाई आहारका लागि चिउरी जस्ता अन्य प्रजातिका बिरुवा लगाउन किसानहरूको रहदै आएको छ ।

प्रतिक्रिया