रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–१ पौराईस्थित सडक खण्डबाट प्रहरीले ६ लाखभन्दा बढी मूल्य बराबरको औषधि बरामद गरेको छ ।
प्रहरीचौकी पौराईबाट खटी गएको गस्ती टोलीले महोत्तरीबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसको डिकीमा राखेको अवस्थामा ११ कार्टुन औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् ।
डिकीमा लुकाएर लैजाँदै गर्दा बारामद भएको ६ लाख ४ हजार ८०० मूल्य बराबरको औषधि राजस्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ । त्यसैगरी धरानबाट काठमाडौँ जादै गरेको प्रदेश ०१–००६ ख ५२३८ तथा लु २ ख ६८०७ नम्बरको यात्रुवाहक बसबाट चेकजाँच गर्ने क्रममा ४ लाख ५८ हजार २१९ रुपैयाँ बराबरको ९ कार्टुन मोटर्स पार्ट्स र प्लास्टिकले बेरेको रोल १ वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।
रौतहट
प्रतिक्रिया