कलैया । बारागढी गाउँपालिकाले आ.व. २०८१/०८२ मा ३९ करोड ३९ लाख ७३ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमबार बारागढी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाको पाँचौँ अधिवेशनमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिएको हो । बारागढी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी देवी रायद्वारा हस्तान्तरण गरिएको गाउँसभाको उक्त बजेट वडा–३ का वडा अध्यक्ष उमेश प्रसाद साहले प्रस्तुत गरेका थिए ।
यस आर्थिक वर्षमा आयतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ९ लाख रुपैयाँ ससर्त अनुदान मध्ये शिक्षा, कृषि, पशु, र स्वास्थ्यतर्फ गरी जम्मा १७ करोड १२ लाख ७३ हजार, राजस्व बाँडफाँटतर्फ ८ करोड ४२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी विशेष अनुदानतर्फ १ करोड १५ लाख, प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बित्तीय समानीकरणबाट ७० लाख, प्रदेश विशेष अनुदानतर्फ ३० लाख र समपूरकतर्फ २० लाख त्यसैगरी आन्तरिक आम्दानी अनुमानित २६ लाख तथा गत आवको बैंक मौज्दात १ करोड गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरिएको हो ।
बारागढी गाउँपालिकाका अध्यक्ष अशोक प्रसाद जैसवालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी तथा कार्यक्रम सञ्चालन प्रशासन शाखा प्रमुख महेश ठाकुरले गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य, वाड सदस्य, कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया