सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न क्षमता विकास कार्यक्रम

सिरहा । सिरहाको लहानमा विद्यालय व्यवस्थापन समितिका महिला अध्यक्षहरुको मधेस प्रदेश स्तरीय भेला तथा क्षमता विकास कार्यशला गोष्ठी सम्पन्न भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजनामा २ दिने कार्यशला गोष्ठी सम्पन्न भएको हो ।

यहि असार ८ र ९ गते सञ्चालित गोष्ठीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सामुदायिक विद्यालय व्यवस्थापन समितिका ३० जना महिला अध्यक्षहरुको सहभागिता रहेका थियो ।

गोष्ठीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मोक्तान, महासचिव दुर्गानन्द ठाकुर र महासंघ मधेश प्रदेश समितिका सचिव सुदिप महतो लगायत विद्यालय व्यवस्थापन समितिका महिला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक तथा गुणस्तरको सुधार गर्ने उदेश्यले सा सामुदायिक विद्यालय व्यवस्थापन समितिका महिला अध्यक्षहरु को लागि उक्त कार्यक्रम गरेको प्रदेश समितिका सचिव सुदिप महतोले बताए ।

प्रतिक्रिया