सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा गरिएको छ । बोदे बर्साईन नगरपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका नभेटिएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुरले जानकारी दिए ।
नगरपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्णखोप सुनिश्चितता भए–नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख ठाकुरको भनाइ छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक महिनाको ११ गतेदेखि १५ सम्म पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी कार्य गर्ने र कोही छुटेको भए खोप लगाइदिने गरेको उनले बताए ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंहको प्रमुख अतिथिमा कार्यक्रमको आयोजना गरिएको थियो । बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव, वडा अध्यक्ष राजकुमार यादव, रामप्रसाद राम लगायतको स्वास्थक्रमीलगायतको उपस्थिति रहेको थियो।
पूर्ण खोपले पालिकाभित्र १६ देखि २३ महिनासम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबैखाले खोप लगाए–नलगाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्ने गरिएको छ ।
अहिले सप्तरीका विभिन्न स्थानीय तहहरूमध्ये धेरैजसो स्थानीय तहहरूले पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषण गरिसकेका छन् भने बाँकी पालिका केही मात्र घोषण गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय ठाकुरले जानकारी दिए ।
सप्तरी
प्रतिक्रिया