सर्लाहीमा एक महिलाको शव फेला, दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा एक महिलाको शव फेला परेको छ । बरहथवा नगरपालिका– १२ लौकट बस्ने शंकर महतोकी श्रीमती ३५ वर्षकी लिलावतिदेवी महतोको शव नजिकैको खेतमा फेला परेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

घरबाट करिब डेढ किलोमिटर पर रहेको स्थानीय कमल रायको खाली खेतमा महिलाको शव रहेको खबर पाएपछि प्रहरी पुगेर आवश्यक अनुसन्धान गरी पोष्टमार्टम पश्चात शव महिलाको देवरलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले मृतक महिलाका श्रीमान र कान्छी श्रीमती सजनदेवी महतोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया