धनुषा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुनः अध्यक्षमा चयन गरेको छ । ९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा मनोजक पासवान, सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ । समितिका सदस्यहरूमा जितेन्द्र राम, ममता बैठक, निकी दास, नन्दनी दास, कुमारी दास र सरोज राउत चयन भएका छन् । त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना, वीरेन्द्र पासवान, र केन्द्रीय प्रतिनिधिमा कैलाश दास, रामएकवाल महरा चयन गरेको छ ।
प्रतिक्रिया