पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा थापा

पाँचथर । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शुभराज थापा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा थापा निर्वाचित भएका हुन् ।

जेठ ३२ गतेबाट सुरु भएको क्यापस सभा सोमबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । योसँगै पाँचथर बहुमुखी क्याम्पसले ३३ वर्षपछि नयाँ नेतृत्व पाएको छ ।

थापाले नवराज घिमिरेलाई १५७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा यसअघिनै नवीन बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यहरुमा चन्द्रप्रसाद भट्टराई, भिमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती, पत्रकार लक्ष्मी गौतम, तुलसा तामाङ र सावित्रीदेवी गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया