बझाङ । जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज वजालले प्रगतिशील युवा समाजप्रति आभारी भएको बताएका छन् । जयपृथ्वी नगरपालिका–१ मा रहेको श्री वेताल आघारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नगरप्रमुख वजालले यस्तो बताएका हुन् । उनले भने, ‘नगरपालिकाभित्र जम्मा ४६ विद्यालय छन्, यस विद्यालयमा अध्यनरत विद्यार्थीले अरू विद्यालयको तुलनामा राम्रो नतिजा ल्याएका कारण यस विद्यालयप्रति म सकारात्क छु ।’
उनले भने, ‘संस्थाले विद्यालयको भवन बनाइदिनुको साथै शैक्षिक सामग्री दिएको छ, शिक्षकले राम्रोसँग पढाइदिनु परो’, उनले भने, ‘बाढीले गर्दा विद्यालय भवन जोखिम अवस्थामा थियो । स्थानीयले पनि भवन निर्माणमा सहयोग गर्नुभयो छोटो समयमै मिहिनेतका साथ करिब ५० लाख ७७ मा २ कोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छौँ ।’
बझाङ
प्रतिक्रिया