सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–७ कसहामा ट्रक र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर आउदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइहेको स ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढीमाई–८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पण्डितले जानकरी दिए । दुर्घटनामा परी ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग केहीबेर चक्काजाम गरेका थिए ।
मृत्यु भएका दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
यसैगरी सिरहामा भएको अर्काे मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । आफैँले चलाएको मोटरसाइकल अत्यधिक गतिकाकारण दुर्घटना हुँदा नरहा गाउँपालिका–१ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नरहा गाउँपालिका–३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा ४ जना सवार मोटरसाइकल आफैँ दुर्घटनामा परेको प्रत्यक्षदर्शीको हवालादिँदै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी पञ्चकुमार बाकुले जानकारी दिए ।
उनका अनुसार दुर्घटना लगत्तै प्रहरीको सहयोगमा २ जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलंग अस्पताल र २ जनालाई भूमिजा अस्पताल पु¥याएका थिए । मृतक दासको टाउकोमा गम्भिर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचाररत मध्ये दासको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । अर्का गम्भीर घाइते मिर्चैया–२ का बाबुलाल मण्डललाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रतिक्रिया