अन्तर्राष्ट्रिय रक्तदान दिवस महोत्तरीमा पनि मनाइयाे

महोत्तरी । अन्तर्राष्ट्रिय रक्तदान दिवसको अवसरमा वल्ड फोर नेपाल नामक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०औँ अन्तर्राष्ट्रिय रक्तदाता दिवसको उपलक्ष्यमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान बर्दिबास, महोत्तरीको आयोजना तथा ब्लड फोर नेपालको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाको प्राविधिक सहयोगमा ‘बृहत् रक्तदान’ कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा ४३ पुरुष र ६ महिला गरी ४९ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्न सिकाइरहनुपर्ने विषय नभई यो एक मानवले अर्का मानवलाई आवश्यक परेको बेला दान गर्ने विषय भएकाले रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने आवश्यक रहेको ब्लड फोर नेपाल धनुषाका संयोजक अजयकुमार यादवले बताए ।

प्रतिक्रिया