बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका–७ बेलामा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

रतौली युवा क्लब युएसएआइडी, सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित ग्रासरुट एक्सन टु इन्ड सिइएफएम प्रोजेक्टअन्तर्गत वडास्तरीय बाल अधिकार समितिको अगुवाइमा तथा ज्योति बाल क्लबको आयोजनामा बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको हो ।

स्थानीय कलाकारहरूले प्रदर्शन गरेको उक्त संदेशमूलक सडक नाटक हेर्न स्थानीय झुम्मिएका थिए । सडक नाटक प्रदर्शनमा विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरू, अभिभावक, शिक्षक लगायतको सहभागिता थियो ।
अशिक्षा चेतना अभावको कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार तथा समाजमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया