जनकपुरधाम । नेपाल–भारत खुुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष राजीव झाले नेपाल–भारत बीचको सीमामा देखिएको बेथितिलाई समाधानका लागि राजनीतिकरूपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाको आयोजनामा नेपाल–भारत खुला सीमा सुुमधुर सम्बन्धकोे आधारशिला विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष झाले नेपाल भारतको खुला सीमाकै कारण २ देशको सम्बन्ध अझै प्रगाढ भएको बताउँदै विश्वमै २ देशको खुुला सीमाले सदियौँदेखि चलिआइरहेको बेटी रोटीको सम्बन्धलाई अझै मजबुत बनाएको बताए । अध्यक्ष झाले सीमामा देखिने गरिएका समस्यालाई निराकरण गर्नका लागि दुवै देशका प्रमुखले पहल गरी समस्या समाधान गर्नुपर्ने बताउँदै पौराणिक सम्बन्धलाई कायम राख्नका लागि दुवै देशका प्रमुखले जनभावनालाई कदर गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा समाजसेवी डा.रामप्रताप यादवले दुवै देशको खुुला सीमाले नागरिक स्तरमा सम्बन्ध बिस्तारका साथै दुुवै देशको मित्रतामा पनि गाढापन आएको बताए । कोरानाकालदेखि सीमामा प्रहरीहरूले नागरिकहरूसँग गर्दै आएको दुव्र्यवहारले मित्रतामा खल्लोपन ल्याएको र यसलाई सुधार गर्नका लागि दुवै देशका सुरक्षा निकाय बसेर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रोफेसर चन्देश्वर प्रसाद यादवले पौराणिककालदेखि नेपाल–भारतको सम्बन्धलाई कायम गर्न वर्तमानमा पनि नेपाल र भारतले सीमामा खुला रूपमा नागरिकहरूलाई आवतजावतका साथै दुवै देशका नागरिकलाई समान व्यवहारले अहिले पनि बेटी रोटीको नाता कायम रहेको बताउँदै नेपाल र भारतको नातालाई अझै मजबुत बनाउन सानातिना समस्यालाई समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा भारतीय कम्युुनिस्ट पार्टी मालेका नेता भुसन कुमारले भारत नेपालमा रहेको रोटी बेटीको नातालाई कायम राख्नका लागि नागरिकस्तरमा पनि पहलको आवश्यकता रहेको बताए ।
उनले भने, ‘सीमामा दुवैतर्फ हँुदै आएको शोषणलाई रोक्न प्रशासनले चाहेर हुँदैन, यसको लागि आममानिसले पनि पहल गर्नुपर्छ ।’ दुवै देशको सम्बन्धमा अझै प्रगाढता ल्याउन आमनागरिकले सीमाको समस्या अदानप्रदान गरी सम्बन्धित ठाउँमा पुर्याउनुपर्ने बताउँदै उनले यसका लागि अभियान नै सञ्चालन गर्नुपर्ने बताए ।
नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाका अध्यक्ष परितोस यादवको अध्यक्षतामा भएको कार्यक्रममा जयनगर चेम्बर अफ कर्मसका प्रतिनिधि अनिलकुमार बरौलिया, भारतका वरिष्ठ पत्रकार ललितकुमार झा, समूहका प्रदेश सहअध्यक्ष दीपक यादव लगायतले खुला सीमाले २ देशमा बढाएको सुमधुर सम्बन्धको विषयमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया