काठमाडाैं । बारामा क्याम्पस प्रमुखको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना बारा निवासी भएको प्रहरीले जनाएको छ । शुक्रबार कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या भएको थियो ।
प्रहरीका अनुसार आर्दशकोतवाल गाउँपालिका वडा नं २ खजुरियास्थित घरबाट कलैयातर्फ फर्कने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहालाई बतरा भन्ने स्थानमा गोली प्रहार गरेको थियो ।
कुशवाहाको पिठ्युमा १ राउण्ड गोली लागेकोमा उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको हो ।
प्रतिक्रिया