धनुषा । जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिश्मा सुनार मृत भेटिएकी हुन् । प्रहरी जवान सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहा प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनापछि प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया