रौतहटमा विभिन्न मुद्दाका ४१ फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिनामा विभिन्न मुद्दाका फरार रहेका ४१ जना प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट जिल्ला अदालतबाट कैद जरिवाना भई फरार रहेका ४१ जनालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको हो ।

यही जेठ १ देखि ३० गतेसम्ममा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा ती फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् ।

त्यसैगरी एक महिनामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५८५ सवारी चालकलाई कारबाही गरी १८ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी नायब उपरिक्षक गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया