मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

रौटहट । मुद्दा मिलाइदिन्छु भनी रकम ठगी गर्ने अभियोगमा रौतहट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

विगत केही महिनादेखि जिल्ला प्रशासन कार्यालय रौतहट गौरको परिसर अगाडि मिटरब्याजी पीडितलाई जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराइदिन्छु त्यसवापत ५० हजार रुपैयाँ खर्च लाग्छ, भनी रकम असुली गर्ने आरोपमा स्थानीय देवाही गोनाही नगरपालिका–७ का भरोसी साहलाई पक्राउ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी र कार्यालयका अन्य कर्मचारीलाई रकम बाँडफाँट गर्नुपर्ने भनी मिटरब्याज पीडितसँग रकम ठगी गर्दै आएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई गौर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय गौरको अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छन् ।

मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम असुल्ने गरेको आरोपमा पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गिरीले जनाएको छन् ।

प्रतिक्रिया