जनकपुरधाम । आर्थिक वर्ष २०८१/०८२ का लागि मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा पेस गरिएको छ । मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।
आर्थिक वर्ष २०८१/०८२ का लागि पेस गरिएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, पर्यटन, वन, सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा मधेसका १३६ वटै पालिकालाई लक्षित गरेर नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।
मधेसका प्रत्येक जिल्लामा नमुनाको रूपमा १–१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना पर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्दै मितव्ययी शासन व्यवस्था सञ्चालनका साथै विकास खर्च बढाउने नीतिलाई उच्च प्राथमिकतामा राखिएको छ । विवाहमा हुने गरेको अनावश्यक खर्च नियन्त्रणका लागि सामूहिक विवाह कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।
प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको छ । मधेस सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ मा ‘घुमाैँ मधेस–बुझाँै मधेस’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
सरकारको तर्फबाट मंगलबार साँझ मधेस प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । मधेसमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्ड गठनदेखि जयनगरबाट रेल चढेर आउने पर्यटकलाई एकैठाउँमा बस्ने व्यवस्था हुनेगरी धर्मशाला निर्माणसम्मको योजनालाई प्राथमिकतामा राखिएको नीति सरकारको छ ।
‘भारतीय नाकामा भारतबाट आउने पर्यटकलाई थप आकर्षित गर्नका लागि विश्रामस्थल निर्माणगरी प्रदेशमा घुम्ने स्थानहरूको बारेमा जानकारी सहितको नक्सा र सहज रूपमा सीमकार्डको व्यवस्थालगायत कार्य गरिनेछ’ प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘राजमार्ग क्षेत्रमा क्यासिनो र ग्रामीण क्षेत्रमा होमस्टेको प्रबन्ध गरिनेछ ।’
मिथिला क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटन, ग्रामीण भेगमा ग्रामीण पर्यटन, नदी तथा वन क्षेत्रमा साहसिक पर्यटन र राजमार्ग क्षेत्रमा मनोरञ्जनात्मक पर्यटनका कार्यक्रमहरू सञ्चालन गरिने नीति सरकारको छ । त्यस्तै, रुपनीमा केबुलकार सञ्चालन गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गरी सामुहिक विवाहका कार्यक्रम सञ्चालन गर्न सरकारले अनुदानको व्यवस्था गर्ने जनाएको छ ।
२०८१/०८२ को नीति तथा कार्यक्रममा दुव्र्यसनमा परेका युवाहरूमा सुधार ल्याउन विशेष जोड दिन लागेको हो । दुव्र्यसनमा परेका युवाहरूलाई नशामुक्त गर्न प्रत्येक जिल्लामा सहिद पुनस्र्थापना केन्द्र स्थापना गर्ने प्रदेश प्रमुख भण्डारीले घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘सुर्तिजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्न विशेष नीति ल्याइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ, ‘लागुपदार्थको दुव्र्यसनमा परेका युवाहरूलाई ओरल सब्सिटियुसनल थेरापीसहितको प्रत्येक जिल्लामा सहिद पुनस्र्थापना केन्द्र स्थापना गरिनेछ ।’
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा बालश्रम न्यूनीकरण गर्ने नीतिसमेत लिइएको हो । ‘बचपन बचाउ, जीवन जोगाउ’ नारासहित बालश्रम न्यूनीकरण गर्ने सरकारले नीति लिएको छ । मधेसमा जताततै देखिने बालश्रम रोक्न सरकारले नयाँ कार्यक्रम ल्याएको छ । मधेस प्रदेशमा आगामी ११औँ राष्ट्रिय खेलकुद कार्यक्रमको आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मधेशको नीति तथा कार्यक्रम विज्ञापनजस्तो ः नेता महासेठ
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको जनमत पार्टीले जनमत छ भने सबै सम्भव छ भन्ने समाजिक संजालमा राखेको पोस्टप्रति राष्ट्रिय मुक्ति क्रान्तिका नेता अनिल महासेठले यो जनमतको मात्रै नभई गठबन्धनको सरकारले ल्याएको भनेर टिप्पणी गरेका छन् । उनले समाजिक संजालमा टिप्पणी सेयर गर्दै मुख्यमन्त्री सिंहको नेतृत्वमा प्रदेश सरकारले नीति तथा कार्यक्रमको विषयमा जनमतले सब सम्भव छ भनेर आएको पोस्टप्रति टिप्पणी गर्दै सुझावसमेत पेस गरेका छन् ।
नेता महासेठले नीति तथा कार्यक्रम गठबन्धन सरकारको हो कि एउटा कुनै पार्टीको भनेर प्रश्न तेर्साउँदै उनले भनेका छन्, एउटा पार्टीको हो भने जाबो एक थान त्यो पनि अरूले लिन नमानेको मन्त्रालयबाट सम्भव छ र । उनले पोस्टमा अगाडि लेखेका छन्, जसरी प्रचार गरिँदै छ, गठबन्धनको अरू दलको नेतृत्व गर्ने सिनियर मन्त्रीहरूले सहयोग गर्छ त भनेर प्रश्न तेर्साएका छन् ।
उनले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पढ्दा कर्णप्रिय लाग्ने तर एउटा टिभीको विज्ञापनमा आएजस्तो ‘मिलेंगे चार यार और…’ जस्तो देखिएको टिप्पणी गरेका छन् । मुख्यमन्त्रीको क्रिकेट प्रेम, एक जना यारको सञ्चारक्षेत्रप्रति प्रेम, एक जना यारको भिजिट मधेसप्रतिको प्रेम, अरू एक जना यारको कृषि क्षेत्रप्रतिको प्रेम र अरू यारहरूको पनि छन् होला भनेर टिप्पणी गरेका छन् । उनले आफनो पोस्टमा लेखेका छन, अब लोकतन्त्रमा विरोध गर्न पाइन्छ है हजुर, हिजो कसले गल्ती गर्यो भनेर विरोध गरेर नयाँ पार्टीहरू आएको हुन्छ, त्यसकारण पहिलाको किन बिरोध गरेनौ भन्न पाइन्न ।
हिजोको सरकार कविलाको सरदारले चलाइराखेका थिए, सबैलाई जानकारि नै छ हो, अब पनि बाझहरूले चलाउने हो भने मेरो केही भन्नु छैन, उनले स्टाटसमा लेखेका छन्, अब हामीमाथि पनि प्रश्न गर्न मन छ भने जुन दिन हामी सरकार बनाउँछौँ त्यो दिन गर्नुहोला र गर्नु पनि पर्छ र पाइन्छ पनि, लोकतन्त्रको सुन्दरता नै यहि हो, समाजलाई विश्वविद्यालयबाट पढेकाहरूबाट अलिक बढी अपेक्षा हुन्छ नै ।
प्रतिक्रिया