अपांगमैत्री सशक्तिकरण तथा सीपअन्तर्गत गुडिया तालीम

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा १० दिने अपांगमैत्री सशक्तिकरण तथा सीप विकास कार्यक्रमअन्तर्गत गुुडिया (डल–कुशन) तालीम सम्पन्न भएको छ । गत जेठ १८ गते गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले स्थानीय स्वास्थ्य केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा सो तालीमको उद्घाटन गरेका थिए ।

विएम टेनिङ इन्स्टिच्युट प्रालि लहान– ८ द्वारा आयोजना गरिएको तालीममा भगवानपुर गाउँपालिकाको सहयोग रहेको छ । स्थानीय स्वास्थ्य सेवा केन्द्र भवनको हलमा सञ्चालित तालीमको आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।

उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मिरा यादवको अध्यक्षतामा रहेको थियो भने प्रमुख अतिथि पालिकाका प्रशासकिय अधिकृत चन्द्र नारायण चौधरी, विशिष्ट अतिथि पालिका उपाध्यक्ष रेखा कुमारी यादव रहेका थिए ।

त्यसैगरी वडा नं २ का वडाध्यक्ष सूर्यनारायण यादव, वडा नं ३ का वडाध्यक्ष विनोद यादव, वडा नं ४ का वडाध्यक्ष रामकुमार यादव, पालिका शिक्षा शाखा प्रमुख जिबछ यादवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अथितिहरुले शुभकामना मन्तव्य राख्दै सिकेको सीपलाई व्यवहारमा उतार्नका लागि सहभागी सबैलाई आग्रह गरेका थिए ।

विशिष्ट अतिथि पालिकाका उपाध्यक्ष रेखा यादवले पालिकाको तर्फबाट आवश्यक सबै सहयोग आफूले गर्न तयार रहेकाले सीपलाई फुर्सदको समयमा सदुपयोग गर्न आग्रह गरेकी छन् ।

प्रशासकीय अधिकृत चौधरीले पालिकामा यस संस्थाले आयोजना गरेको सीपमुलक तालीमले सकारात्मक सन्देश प्रदान गर्दै स्थानीयलाई रोजगारको बाटो खोलेको बताए ।

छोटो समयमा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रमुख अथिति लगायतले वितरण गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया