महोत्तरी । जिल्लामा एक युवकमाथि गोली प्रहार भएको छ । गौशाला नगरपालिका–११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथि मरहा खोलामा गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन् ।
कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जनकपुर पुर्याइएको छ । सोमबार साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा २ वटा मोटरसाइकलमा आएका हतियारधारीले लुटपिट गर्न गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया