१० दिनमा ५३३ चालकलाई कारबाही

रौतहट । जिल्लामा १० दिनमा ट्राफिक नियम उलंघन गरेको आरोपमा ५३३ जना सवारी चालक कारबाहीमा परेका छन् । जिल्लामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले ट्राफिक प्रहरीले गरेको चेकजाँचको क्रममा ५३३ जना कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार १७ देखि २७ जेठसम्म गरिएको चेकजाँचको क्रममा ट्राफिक नियम पालना नगरेको आरोपमा ५३३ जना सवारी चालकलाई कारबाही गरी ६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।

जिल्लाको विभिन्न ठाउँमा ट्राफिक प्रहरीको टोलीले गरेको सवारी साधनको चेकजाँचको क्रममा उक्त रकम राजस्व असुल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया