रौतहट । रौतहटको कटहरिया नगरपालिका– ९ बाट प्रहरीले २२ बोरा युरिया मलसहित ४ वटा भारतीय नम्बरको मोटरसाइकल बारामद गरेको छ ।
नेपाली युरिया मलखाद अवैधरुपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त परिणाम बराबरको मलखादसहित मोटरसाइकल बारामद गरेको हो ।
बीआर ०३० एम ०८९६, बी आर ०६ सीबी ३३५६, बी आर ०५ ए क्यु ८६०५ र बी आर ३० डब्बलु ७९७१ नम्बरको मोटर साइकलमा लोड गरिएको युरिया मलखाद प्रहरीको गस्ती टोलीलाई देखेपछि छाडेर फरार हुदा बारामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक एलिजा गिरिले बताइन् ।
बरामद भएको मलखाद र मोटरसाइकलको ४ लाख १८ हजार ७ सय ७ रुपैया मूल्यांकन गरी जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
रौतहट
प्रतिक्रिया