बझाङ । बझाङ जिल्लामा विद्यालय भवन बनाएर हस्तान्तरण गर्नेलाई फूलमालाले स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमका बीच जिल्लाको केदारस्युँ गाउँपालिका ६ मा रहेको भुमिदेव आधारभुत विद्यालय भवन हस्तान्तरण कार्यक्रममा स्थानीयवासी, विद्यालय प्रशासन र विद्यार्थीहरुले दुईकोठे भवन बनाइ दिएको भन्दै फूलमालाले स्वागत गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन वहादुर धामीका अनुसार बाढीले विद्यालय भवन बगाएपछि वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्रगतिशिल युवा समाजको सदाझेदारी गाउँपालिकाको समन्वयमा ४८ लाख ३७ हजार ४ सय ७१ रुपैयाँ लगातमा नयाँ भवन निर्माण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले आफू निर्वाचित भएर आएपछि पालिकाको विकासका निम्ति थोरै स्रोत साधनका बावजुद पनि विद्यालयको भौतिक अवस्था सुधार गर्न सधैँ तयारी अवस्थामा रहेको बताए ।
प्रगतिपशिल युवा समाजका अध्यक्ष रमेश केसीलेले बझाङ जिल्लाका धेरैजसो पालिकासँग सहकार्य गरी समुदाय स्थतका जिविकोपार्जन, स्वास्थ्य, शिक्षा कृर्षी क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको बताए ।
उनले भने, ‘यो विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ, भनेपछी पालिकासँग सहकार्य गरी सुविधा सम्पन्न विद्यालय भवन बनाउन पहल गरेको र यो भवन हस्तान्तरण गरेपछी विद्यालय व्यावस्थापन समिति र स्थानीयहरुले यसको रेखदेख गर्नुपर्ने हुन्छ ।’
बझाङ
प्रतिक्रिया