फिदिम नगरपालिका– २ मा १३२ केभिए विद्युत जडान

पाँचथर । जिल्ला को फिदिम नगरपालिका– २ पल्लोटारमा १३२ केभिए केबल विद्युत लाईन जडान भइरहेको छ ।
काबेली कोरिडोर प्रसारण लाइनअन्तर्गत छुने जिल्लाहरु मध्ये पाँचथरको सदरमुकाममा जडान भइरहेको फिदिम विद्युत सहकारी प्राधिकरणका प्राविधिक मिलन तुम्बापोले जानकारी दिए ।

सो विद्युत जडानका बारेमा नांगो तारबाट भन्दा नयाँ केबल तार जडान सुरक्षित हुने उपभोक्ता छिरिङ वाइबा मामाको भनाई छ ।

नांगो तारमा जडित विद्युत लाइनबाट नयाँ केबल तार जडान गर्न महानन्द चोक निवासी उपभोक्ता बिरबहादुर पोमोलगायत जुटेका छन् । सो टोलमा विद्युत लाइन जडानमा प्राविधिक मिलन तुम्बापो र सरोज नेम्वाङ लगायत व्यस्त छन् ।

प्रतिक्रिया