हुरीले भत्कायो जसपा नेपालको पण्डाल

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनका लागि बनाइरहेको पण्डाल (मञ्च) भत्केको छ ।
यही २८ जेठदेखि जनकपुरमा हुन लागेको एकता महाधिवेशनका लागि जनकपुरको तिरहुतिया गाछीमा निर्माण भइरहेको मञ्च सोमबार राती आएको हावाहुरीले भत्काएको हो ।

सो पण्डाल विगत २० दिनदेखि बनाउन थालिएको थियो । लगभग तयार भइसकेको थियो पण्डाल सोमबार राती अचानक आएको हुरीबतासले भत्काएको सो पार्टीले जनाएको छ । अब बाँसका साथै स्टिल राखेर पण्डाल (मञ्च) बनाउने र त्यसका लागि भारतको कोलकाताबाट २०० कालिगढ बोलाइएको छ ।

महाधिवेशन हुन ४ दिन मात्र बाँकी रहेको र त्यस अगावै पण्डाल निर्माण सक्न भारतबाट कालिगढ मगाएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया