२ हजार युवाले दिए रोजगारीका लागि आवेदन

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित श्रमाधान रोजगार मेलामा २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

शनिबार र आइतबार २ दिन चलेको मेलामा हजारौँले अवलोकन गरेका थिए । संघीय श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डिपी आर्यालले उद्घाटन गरेको मेलाको पहिलो दिन करिब ३ हजार ५०० र दोस्रो दिन २ हजार ५०० जनाले मेलामा अवलोकन गरेको आयोजक प्रदेस सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।

मेलामा रोजगारीका लागि सेक्युरिटी गार्डको रूपमा काम गर्न इच्छा जाहेर गर्दै आवेदन गरेकाहरू मध्ये ८० जना, होटलमा काम गर्न १०५ जना, अटोमोबाइल क्षेत्रमा काम गर्न ३५ जना र बैंकमा काम गर्न २७ जनालाई अन्तर्वार्ताका लागि आमन्त्रण गरिएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४, होटल ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाका २ र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुरधाम र रोजगार सूचना केन्द्रसमेत ६ गरी ३७ वटा स्टल राखिएको थियो । मेला सम्मपन्न भएपछि आवेदक मध्ये २०० जनालाई तत्कालनै रोजगारी प्रदान गर्ने आयोजकले प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया