घर बनाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

रौतहट । जिल्लाको माधव नारायण नगरपालिका–८ पिपरारजवाडामा घर बनाइदिने भन्दै रकम असुल गर्ने समूहका ६ जनालाई रौतहट प्रहरी पक्राउ गरेको छ ।

मधेस प्रदेश सरकारको सहरी विकास मन्त्रालयले गरिब विपन्न वर्गको आवास निर्माण गर्न कार्यादेश दिएको भन्दै गरिब विपन्न वर्गसँग रकम असुली गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घर बनाइदिने भनी रकम ठगी गर्ने आरोपमा प्रहरीले स्थानीय माधव नारायण नगरपालिका–७ लौकहाका ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नगरपालिका–६ पोठियाहीका ४० बर्षीय राकेश महरा, गरुडा नगरपालिका–९ का २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, गरुड नगरपालिका–५ का ७१ वर्षीय मुगलाल महरा र गरुडा नगरपालिका–९ का ४५ वर्षीय रामकली देवीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका समूहले घर बनाइदिने भनी प्रलोभन देखाई १० हजारदेखि ४० हजारका दरले सयाँै व्यक्तिसँग लाखौँ रकम असुल गरी ठगी गरेको प्रहरीको दावी रहेको छ । रकम ठगी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया