काठमाडौं । लायन्स क्लवको सहयोगमा निःशुल्क बाथरोग शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा निः शुल्क बाथरोग शिविर सम्पन्न भएको हो ।
ललितपुर टंगल टोलस्थित उर्जा बचत तथा ऋण सहकारी संस्थाको प्रांगणमा आयोजजना गरिएको निः शुल्क बाथरोग शिविरमा १४५ जनाको इएसआर, सीआरपी, युरिक एसिड र सुगर परिक्षण गरिएको थियो ।
सो क्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीद्वारा स्वास्थ्य जाँच र आवश्यक परामर्श साथै बाथरोग सेन्टरद्वारा औषधी वितरण निः शुल्क रगत परिक्षण गरिएको थियो ।
रगत परीक्षण गरिएकाहरुको शनिबार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औंषधी समेत वितरण गरिएको मंचकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । उर्जा बचत तथा ऋण सहकारी संस्थाद्धारा सहयोगी संस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
पहिलो पटक आयोजना गरेको निःशुल्क बाथरोग शिविर निकैं सफल भएको र धेरै सदस्य तथा अन्य सहभागी भएकोले आगामी दिनहरुमा समेत उर्जा बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरी शिविरहरु संचालन गरिने लायन्स क्लब डिष्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया