डेढ लाख मूल्य बराबरको धानसहित एक जना पक्राउ

रौतहट । रौतहटको इशनाथ नगरपालिका– ४ बाट प्रहरीले भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट अवैधरुपमा भन्सार छलेर इशनाथ नगरपालिका– ४ स्थित सडक छेउमा जम्मा गरी राखेको ३ हजार ४ सय किलो ९० बोरा धान प्रहरीको टोलीले बारामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

१ लाख ४९ हजार ६०० मूल्य बराबरको धानसहित पक्राउ परेका राजपुर नगरपालिका– ६ निवासी ४२ वर्षीय अमर साहलाई कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् ।

प्रतिक्रिया