रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले एक हप्तामा ६ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।
बढ्दै गएको ट्राफिक नियम उल्लंघनको कार्यलाई निरुत्साहित गर्ने उदेश्यले गरिएको सवारीसाधन चेकजाच गँर्ने क्रममा सो राजश्व संकलन गरेको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिका अनुसार सवारीसाधन चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५२५ जना सवारी चालकमाथि कारबाही गरिएको छ ।
जेठ ९ देखि १७ गतसम्म बिना हेल्मेट, बुलुबुक नराखी सवारी चलाएका सवारी चालकमाथि कारबाही गरी ६ लाख ३ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको प्रहरी उपरिक्षक गिरिले बताइन् ।
रौतहट
प्रतिक्रिया