महिनावारीका सन्दर्भमा वक्तृत्वकला प्रतियोगिता

अर्घाखाँची । महिनावारी मैत्री समाजका लागि हातेमालो भन्ने नाराका साथ अन्र्तराष्ट्रिय स्वच्छता दिवशको अवसरमा महिनामारी हुदाँ किशोरीहरुलाई चुनौती बिषय बक्तृत्वकला प्रतियोगिता जिल्ला समरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना, सन्धिखर्क नगरपालिकाको समन्वय र भिजिवल ईमप्याक्टको सहकार्यमा सन्धिखर्क नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयका ११ जना बिद्यार्थीले प्रतियोगितामा भाग लिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं कार्यक्रम संयोजक बिजय बिकले बताए ।

प्रतियोगितामा सहभागी भएका एघार बिद्यालयमध्ये ग्रिन इङलिस बोडिङ्ग स्कुलका छात्रा आशिका बन्जाडे प्रथम, जनज्योती माबिका विदुषी खड्का द्धितिय, चन्द्रप्रभाका आकृती न्यौपाने तृतिय भएका छन् । प्रतियोगि बिद्यार्थीलाई नगदसहित मायाँको चिनो र प्रमाणपत्र प्रदान गरिएको सहकार्य संस्थाका सागर परियारले बताए ।

किशोरीहरु पहिलोपटक महिनावारी हुदाँ मनोबैज्ञानिक रुपमा आत्तिने त्यसलाई समाजले पनि त्यही ढंगले हेर्ने शारिरिक रुपमा समेत गाह«ो हुने हुदाँ परिवारले बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेश पौडेलले बताए ।
पौडेलले भने, ‘महिनामारी महिलामा हुने एक नियमित प्रकृया हो, यस्तो बेला सरसफाइमा बिशेष ध्यान दिनुपर्छ, सामाजिक चुनौती त छ नै यदि यसमाथी सरसफाई भएन भने पाठेघरमा संक्रमण भइ चुनौती थपिन सक्छ ।’

अझै पनि महिनावारी हुने सामाजिक समस्या हुनु निकै दुःखद बिषय भएको भन्दै सामाजिक चुनौतीलाई सामाधान गर्दे महिनावारी हुदाँ शारिरिक रुपमा हुने समस्यालाई सहज बनाउन सवैले ध्यान दिनुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दुर्गा न्यौपानेले बताइन् ।

महिनावारी हुदाँ हुने शारिरिक समस्या बारे खुलेर स्वास्थ्य संस्थामा भन्नुपर्ने भन्दै सवै प्रकारका चुनौतीलाई सामाधान स्वास्थ्य कर्मिबाट मात्र नहुने भएकाले केही सामाजिक समस्यालाई निर्मुल पार्न सवै सरोकारवाला लाग्नुपर्ने अर्घाखाँची अस्पतालका नर्सिङ अधिकृत सुनिता आचार्यले बताइन् ।

समय अनुसार महिनावारी हुदाँ देखिने सामाजिक समस्या अझै आइरहने हुदाँ राज्यका नियमक निकाएले बिशेष निती कार्यक्रम र बजेट मार्फत आवश्यक कार्यक्रम बनाई निराकरण गर्नुपर्ने पाणिनी बहुमुखी क्याम्पसका उपप्रध्यापक रामलाल भुसालले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया