काठमाडौँ । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने पनि बताए । अन्य कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् । बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको छ ।
गत वर्षको बजेटमा पनि सरकारले काभ्रेको बनेपामा बन्ने स्टुडियो र दोलखाको फिल्म सिटी सम्बोधन गरेको थियो । त्यस्तै यस वर्षको बजेटमा सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सगींत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रर्वर्धन गर्ने समेत बताएको छ । बजेटमा प्रतिलिपि अधिकारको संरक्षण र नियमन समेत उल्लेख गरिएको छ ।
प्रतिक्रिया