हाम्रा वातावरण मन्त्रालय, वातावरण विभाग मस्त निन्द्रामा छन् । यस विषयमा न त स्कुल कलेजका विद्यार्थी न त कुनै संघसंस्था, कसैलाई वास्ता छैन । के भएको होला हाम्रो नेपाल ? साँच्चै हामी बलिरहेको पृथ्वीमाथि छौँ । एकातिर रुस र युक्रेनको लम्बिँदै गएको युद्ध, अकोतिर पश्चिम एसियामा इजरायल र इरानबीच कुनै समय छेडिन सक्ने आणविक युद्धको पृथ्वीमा थपिने तापले वास्तवमै यो पृथ्वी अर्थात् हामी बसेको घर्ती आगोको ज्वालामाथि छ ।
सन् २०१० देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघमा मुख्य सचिबमा रहि सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन सम्झौतामा निर्णयक भूमिका निभएकी कृष्टिना फिगोरेस र सोही कार्यको राजनीतिक रणनीतिकार टोम राई भेट कारनाम मिली जलवायु परिवर्तनले विश्वमा आउने संकट बारे ‘द फयूचर वी चुज’ पुस्तक लेखेका छन् ।
‘पृथ्वी आगो माथि छ हामी पृथ्वी जली रहेको हेर्ने कि अर्काे सुन्दर भविष्यको लागि काम गर्ने ?’ भनेर संसारलाई झकझक्याउँदै यस पुस्तकमा लेख्छन् – ‘अमेरिकाको राजधनी वासिंगटन डि. सी मा बाह्र वर्षकी स्कूलकी बालिका ‘धर्तीलाई आगोको लप्काले घेरि सक्यो’ भन्ने प्ले कार्ड हातमा लिएर हिंडछन् ।’ लण्डनका विद्यार्थीले जलवायु परिवर्तनमा सुधार ल्याउन सरकारलाई दवाव दिन ट्राफिक जाम गर्छन । कोरियाको राजधानी सियोलमा ‘जलवायु परिवर्तनले हामीलाई आक्रमण गरी सक्यो’ भन्ने कार्ड लिएर सडकमा उत्रिन्छन । त्यसै गरी बैंककमा एघार वर्षीय बालिका समुन्द्रको सतह बढ्दै छ हामी के गर्ने ? जस्ता कार्ड लिएर संसारलाई झकझक्याई रहेका छन् ।
हामी हाम्रा वातावरण मन्त्रालय वातावरण विभाग मस्तनिन्द्रामा छौँ । यस विषयमा न त स्कूल कलेजका विद्यार्थी न त कुनै संघ संस्था, कसैलाई वास्तै छैन । के भएको होला हाम्रो नेपाल ? साँच्चै हामी बली रहेको पृथ्वी माथि छौँ । एकातिर रुस र युके्रनको लम्बिदै गएको युद्ध अर्काेति पश्चिम एशियामा इजायल र इरान बीच कुनै समय छेडिन सक्ने आणविक युद्धको पृथ्वीमा थपिने तापले वास्तवमै यो पृथ्वी अर्थात हामी बसेको घर्ती आगोको ज्वाला माथि हामी छौँ । पृथ्वीको तापमान बढदै गरेको संकेत सन् १९३० देखि नै महसुस हुन थालेको थियो । सन १९६० तिर आई पुग्दा भुवैज्ञानिक चल्र्स किलिंगले परिक्षण गरी पृथ्वीको हावापानीमा कार्वन डाईअक्साईड बढ्दै गरेको पत्ता लगाई सकेका थिए । त्यतिबेला देखिनै पुथ्वीमा हरित गृहग्यास बढदै गएको र पृथ्वीमा रहेको कोइला प्राकृतिक ग्यासको उत्खनन्, प्रयोगले आर्थिक प्रगती त भयो, तर त्यसको प्रभाव नदी नाला हावा पानी बाटो र समुन्द्र सम्म पर्न गयो । यसको व्यवस्थापनमा मानिस चुके र जसको परिणाम संसारको समस्या चरमविन्दूमा पुगेको छ । भविष्यमा बालबालिकाको सुरक्षा कसरी गर्ने ? समुन्द«ी तटमा बस्ने मानिसहरुको प्राण कसरी जोगाउने ? जस्ता भयङकर प्राकृतिक बिषत्तीको संघारमा आज संसार उभिएको छ ।
यसैकारण विश्वभरिका सरकारहरु एक जुट भएर यो समस्यासँग जुध्न सन् २०१५ मा पेरिस सम्झौता भएको छ । यो धर्ती मानव बसोबासको लागि खतरा भई सकेका छ । हाम्रो प्राकृतिक संरचनामा रहेको जौविक विविधतामानै खल्बली आई सकेको छ । वनजंगलको फडानी खोला नदी को उत्खनन् जस्ता कारणहरुले जलवायु परिर्वतनको गहिराई बढाएको छ । प्राकृतिक संरचनामा रहेका सम्पूर्ण प्राणीका निम्ति संकट संघारमा आई पुगेको खतरा बारे छलफल र बहस हुन नितान्त आवश्यक छ । हाम्रा बालबालिका पिडा र छटपटीमा बाँच्नु पर्ने अवस्थाको वर्णन नै गर्ने नसकिने दुःख को कल्पना गरी सो समस्या कसरी हटाउने र रोकथाम गर्नै तर्फ एक दिन पनि समय खेर नफाली सरकार व्यक्ति सबै लाग्नु पर्ने अवस्था छ ।
जलवायु परिवत्र्तन सम्बन्धमा बैज्ञानिक परिक्षणहरुद्धारा सम्पूर्ण मानव नै यस धर्तीमा समाप्त हुने अवस्था आई सक्दा पनि कतिपय देश यसको रोकथामे नजानेर चुपचाप छन । यो नेपालको हकमा पनि लागु हुन्छ । आँधी तुफान जस्ता प्राकृतिक प्रकोप पहिले पाँचसय वर्षमा एक पटक आउँथ्यो भने अहिले महिनामा दुई पटक आउन थालेको छ । हाम्रो वरिपरिका सम्पूर्ण वातावरणलाई हरितगृह ग्यासले भरि सकेको छ । तातिसकेको वातावरणलाई सविक अवस्थामा ल्याउन असभ्भव भई सकेको छ । समुन्द्रको बनोट नै खल्बली सकेको छ । हिमाल पग्लिन थालेको छ प्राकृतिक इन्धनको बढी दोहनले तथा दुषित घुलोको कणले मानिसको स्वासप्रस्वासमा समस्या देखिएको छ । प्रदुषण मानिसको मुटु ,फोक्सो र दिमागमा छिरेर वार्षिकविश्वमा रुपमा सात लाखको मृत्यु हुने गरेको छ ।
अहिले कुसमयमा हुने बाढी पहिरो र समुन्द्री तुफानले मानवको क्षति र विध्वंस मच्चाई रहेको छ । बाढी पहिरो र आँधी तुफानले विश्वमा हरेक वर्ष १२ लाख हेक्टर जमिन गुमाउनु परिरहेको छ । हाम्रो देशमा खोला नदी नालाबाट बालुवा गिट्टी निकाल्नाले कति जमिन गुमाई रहेका छौँ ? कसले त्यस्को हिसाब किताव राखेको छ ? बैज्ञानिकका अनुसार पचास वर्ष देखि सम्पूर्ण युरोप बराबरको जमिन गुमाई सकिएको छ । वैज्ञानिकहरुको पछिल्लो खोज प्रतिबेदनले यस पृथ्बीमा रहने १२ प्रतिशत प्राणीको लागि खतराको घण्टी बजी सकेको छ । वितेको ५० वर्षदेखि समुन्द्रको तापमान ९० प्रतिशत वृद्धि भएको छ । जसको कारण समुन्द्रमा हुने जन्तुहरु आधा जस्तो मरि सकिका छन । बरफप पग्लेर समुन्द्री सतहको उचाई हरेक वर्ष २० सेन्टिमिटरको दरले वृद्धि भई रहेको छ ।
सन् २०१५ मा पेरिश सम्झौतामा १८४ देशहरुले हस्ताक्षर गर्दै २ डिग्री सेल्सियस बढेको तापमान घटाएर १ दशमलव ५ डिग्री सेल्सियसमा झार्ने प्रतिवद्धता जाहेर गरेका छन् । माथि उल्लेखितपुस्तकमा लेखिएको छ – ‘जब यस बेला मानव जातीको इतिहास लेख्न बस्दा भोली आउने दर्दानक दिनका कथन लेख्नु पर्ने हुन्छ । तर त्यो लेख्न हामीले कलम बन्द गरेका छौँ । हामीले कथा लेख्दा अब आउने सन्ततीको बारे लेख्ने हो कि, मानिसको अस्तित्वको बारेमा लेख्ने हो यस मध्ये हामीले छान्नु पर्ने हुन्छ । हामी निर्णयक मोडमा छौँ । हामी बाँच्ने संसार कस्तो हुनु पर्ने हाम्रो सन्तती बाँच्ने संसार कस्तो हुने छ । हामी संग अन्य विकल्प छैन ।’
सन् २१०० सम्ममा अहिले भन्दा ३ डिग्री सेल्सियस तपक्रम बढ्नेछ । हावा तातिने छ, जसको परिणाम आँखामा पानी आउने खोकी नरोकिने जस्ता रोगहरु को सामना गर्नु पर्नेछ । यस किसिमका रोगका लक्षणहरु देखा पर्न थालिसकेका छन् । विषेश गरी दक्षिण एशिया र मध्य अफ्रिकामा दुषित हावाका कारण युरोप र अमेरिकाको तुलानामा धेरै मानिसहरुले ज्यान गुमाउनेछन् । केहि मात्र बाहिर खुला हावामा काम गर्न सक्षम हुने छन् । लाखौ कार र बसको धुँवाले विश्वकै मानिसहरुलाई स्वासप्रस्वासमा खतराको सामना गर्नु पर्ने छ ।
हावामा जमेको धुलोको दुषित कणहरुलाई कृत्रिम पानी पारेर धनी देशहरुले वातावरण सन्तुलन ल्याउने प्रयास गरे पनि यसको परिणाम राम्रो आउन सकेन । अबको पाँच देखि दश वर्षमा तातो हावाले सास फेर्न गाह्रो भएर निस्सासिने छौँ । त्यतिबेला आदिबासी जनजातीहरु ससाना टुक्रा जमिनमा हुनेछन् । समुन्द्र जुन चट्टानको आधारमा बनेको हो , त्यसमा क्षती भई सकेको छ । समुन्द्रमा हुने जल प्राणीलाई बचाउन संसारकै ठूलो एक्युरियम बनाउने प्रयास भयो । अष्टे«लियामा कृतिम जल प्रणाली बनाएर समुन्द्री सतह यथावत राख्ने प्रयास गरे पनि सफल भएन । हाम्रो नेपाल र नेपालीलाई थाहा नभए पनि धनि देशका वैज्ञानिकहरु जलवायु परिवत्र्तनले ल्याउने संकट कसरी टार्न सकिन्छ भनेर भरमग्दुर कोशिश गरि रहेका छन् । तर सफलता हासिल गर्न सकेका छैनन् र उत्तरी ध्रुर्ब तातिएको कारण आन्टर्टिक सागरको हिऊँ ६ देखि ८ डिग्री सेल्सियले तातिएको छ । सेतो हिउँमा घामको तातो प्रतिविम्विद हुन्थ्यो, तर पग्लेर घामको तातोलाई कालो सागरले ग्रहण गर्दा सागर अर्थात समुन्द्र तातिन थालेको छ । यसै कारण समुन्द्रको सतह बढने गरेको छ ।
सन् २१०० सम्ममा समुन्द्री तटमा रहेका कतिपय सहरहरु पानी मूनी पुग्ने डर लाग्दा संकेत यस पुस्तकमा गरिएको छ । समुन्द्रको पानीमा पिएचको मात्रा बढनाले संसारका कतिपय देशले माछाको आयतलाई बन्द गरि सकेका छन । समुन्द्री सतह बढेर छेउछाउका सहरहरु विध्वंश त हुन्छन् नै, टापुहरुमा तातो हावाले गर्दा मानिसका बस्तीलाई श्मसान बनाई दिनेछ । जंगली जनवार जीव जन्तु दूरको सम्झना मात्र रहने छ । मोरोक्कोको माराकेच र रसियाको भल्गाइर्ड लगायतका सहर मरुभमिमा परिवर्तन हुनेछन् । खाद्यान्न उत्पादन संसारका सबै कुनामा घटदो अवस्थामा छ । चीनले खाद्यन्न निकासी बन्द गर्दै छ । जलबायू परिवर्तनले मानव जीवनको बाँच्ने आधारहरुमा चौतर्फी आक्रमण शुरु भएको छ । यसरी विश्वमा यति धेरै हलचल भई सक्दा पनि नेपालका जानकार तन्त्रको कुनै हलचल छैन । जलबायू परिवर्तनले ल्याउने विनासकारी उत्पात बारे तुरुन्तै सुचना पाउन कतिपय देशहरुले प्रविधि जडान गर्न थाली सकेका छन । हाम्रो देशको वातावरण मन्त्रालय वातावरण विभाग के गर्दै होलान ?हामी यति अनिश्चित अवस्थामा बाँचेका छौँ अब हाम्रा कति सन्ततीहरुले दिनको उज्यालो देख्न पाउलान् ? हामी भन्दा पहिलेका सन्तती यो सोचाईबाट मुक्त थिए, तर हामी भने यो सोच्न नसकिने प्राकृतिक विनासकारी समयको पखाईमा छौँ ।
प्रतिक्रिया