पटक–पटक सरकार परिवर्तन हुनु र सत्ता स्वार्थमा निहित हुनुले नेपाली जनतामा निराशा बढ्दै गएको अवस्था छ । गणतन्त्र स्थापना हुँदा जनतमा जुन आशा र उत्साह थियो त्यो अहिले निराशामा परिणत हुँदै गएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गइसक्दा पनि सामाजिक न्याय र आर्थिक विकासमा हुनुपर्ने काम नहुँदा गणतन्त्रमाथि नै प्रश्न उठ्ने गरेको छ ।
देशमा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएको छ । २०६५ सालमा गणतन्त्र र २०७२ मा संविधान जारी भएपछि देहमा संघियता कार्यान्वयनमा आएको छ । गणतन्त्रको स्थापना संगै समावेशीताका आधारमा तीन तहका सरकारले काम गरिरहेका छन् । तर जनतामा भने निराशा कायमै रहेको छ । २३८ वषर््िाय राजतन्त्रको अन्त्य भएको दिन अर्थात आज जेठ १५ गणतन्त्र दिवस । २०६२–०६३ को जनआन्दोलनको जगमा स्थापना भएको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ मा गणतान्त्रिक मुलुक घोषणा गरेको आज १६ वर्ष पूरा भएको छ । राजतन्त्र र निरंकुश शासन व्यवस्था अन्त्य गर्दे देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिन आज देशैभर बिविध कार्यक्रम गरेर मनाईदै छ । हजारौँको बलिदान र लाखौंको जनसंघर्ष बाट प्राप्त गणतन्त्र स्थापना भएको १७ औँ वसन्तमा प्रवेश गरेपनि आम नागरिकमा निराशा मेटिएको छैन । तत्कालिन विद्रोही नेकपा माओववादी र सात राजनैतिक दलको सहभागितामा २०६२–६३ को ऐतिहासिक १९ दिने जनआन्दोलनपछि स्थापना भएको गणतन्त्रमा मूख्य नेतृत्व गरेका राजनैतिक दलहरुले जनाभावनाअनुरुप काम गर्ननसक्दा जनतामा निराशा बढ्दै गएको छ ।
नागरिकले गणतन्त्र स्थापनामा गरेको अपेक्षा गरेपनि मुलुकमा बेरोजगारी,अनियमितता,भ्रष्टचारीले थप बितृष्णा जगाएको छ । जब पहिलो संविधानसभा संविधान बनाउन असफल भएर दोेस्रो संविधानसभाको चुनाव भयो । त्यसपश्चात नै जनतमा निराशा छायो । २०७२ मा संघिय गणतान्त्रिक संविधान संगै मुलुकमा तीन तहको सरकार गठन भयो । नेताहरुले सिंहदरबार भनेर स्थानीय तहलाई अघि सारे । तर समृद्धिको आशामा बसिरहेका जनताका लागी हात्ति आयो फूस्स झै भयो । जनतामा बढेको असुन्तसष्टि र निरशा नहटाएमा गणतन्त्रको स्वाद सत्तामा पुगेका केहि सिमित व्यक्तिका लागी मात्रै हुने छ । जनताको शासन भनेर मानिने गणतन्त्रले न त नागरिकका दुःख बझ्यो न त दुःख दुर गरायो । शासन व्यवस्था फेरिएपनि शासकहरुको शैली र व्यवहार पूरानै हँुदा जनतमा असुन्तुष्टि बढेको छ ।
पटक पटक सरकार परिवर्तन हुनु र सत्ता स्वार्थमा निहित हुनुले नेपाली जनतामा निराशा बढ्दै गएको अवस्था छ । गणतन्त्र स्थापना हुँदा जनतमा जुन आशा र उत्साह थियो त्यो अहिले निराशामा परिणत हुँदै गएको छ । मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गैसक्दा पनि सामाजिक न्याय र आर्थिक विकासमा हुनुपर्ने कामहरु नहुँदा गणतन्त्र माथि नै प्रश्न उठ्ने गरेको छ । अझ देशमा गणतन्त्र स्थापना पछि बनेका तीनै तहका स्थानिय सरकारले जनचाहना अनुसार काम नगर्दा आम मानिसमा गणतन्त्र माथि नै बितृस्ना पैदा भएको छ । गणतन्त्रको डेढ दशक सम्ममा पनि मदेशी दलदेखि सत्तारुढ दलभित्रै असुन्तुष्टि देखिएको छ । त्यति मात्रै होईन राजनीतिमा पनि गणतन्त्र बारे विवादास्पद बहस नै चल्ने गरेको छ ।
गणतन्त्र स्थापना पछि जारी भएको संविधान सँगै जनताले आफ्ना जनप्रतिनिधि पाए । सुरुमै गणतन्त्रलाई चुनौती दिईरहेको संघ,प्रदेश र स्थानिय तहका चुनावहरु सम्पन्न भए । त्यसपछि गणतन्त्रलाई एक चरणमा सफल मानियो । तर अहिले गणतन्त्रमाथि नै राजनैतिक दलहरुले धावा चलाईरहेका छन् । मुलुक तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन २०६३ मा भएको अन्त्य सँगै घोषना भएको गणतन्त्रात्मक शासन व्यवस्थाको नेतृत्व गरेका राजनीतिक दलहरुको सत्ता स्वार्थ र जनअपेक्षा विपरितका गतिविधिले आफु केन्द्रित हुँदा आखिर गणतन्त्र कसका लागि थियो ? कसका स्वार्थ पूरा गर्नको लागि थियो ? आम नागरिकमा एउटै सवाल उब्जेको छ ।
देशको सबै भन्दा ठूलो राष्ट्रिय पर्व भनेको गणतन्त्र दिवस हो ।
हाम्रो मुलुकमा गणतन्त्र स्थापना भएको यही जेठ १५ गते मंगलबार देखि १६ वर्ष पुरा हुँदैछ । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले हजारौं वर्ष देखि चलिआएको राजतन्त्रलाई अन्त्य गरी विधिवत रुपमा गणतन्त्रको घोषणा गरेको थियो । जननिर्वाचित संविधानसभाका करिव ९८ प्रतिशत सदस्यहरुले गणतन्त्रको पक्षमा मतदान गरेका थिए । गणतन्त्र कार्यन्वयनको घोषणा गरिँदा संविधानसभा बैठकको हल लगातार पाँच मिनेटसम्म तालीले गुन्जिएको थियो । जनआन्दालोन २०६२ –२०६३ को म्याण्डेट अनुसार २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाद्धारा गणतन्त्रको कार्यान्वयन गरिएको हो ।
जनताको चेतना बढे सँगै विश्वका धेरै मुलुकहरुमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको इतिहास पाइन्छ , तर धेरै जसो मुलुकमा गणतन्त्र स्थापनाको इतिहास रक्त रन्जित छ । गणतन्त्र माग गर्नेहरुलाई राजतन्त्रले निर्मम हत्या गर्ने र गणतन्त्र स्थापना भइसकेपछि राजा तथा राजपरिवारका सदस्यलाई मृत्युदण्ड दिने वा जेलमा हाल्ने गरिएको इतिहास विश्वका धेरै देशहरुमा छ ।तर नेपालमा भने गणतन्त्रको माग गर्दै शान्तिपूर्ण रुपमा सडकमा उत्रेका जनताहरुको खासै ठूलो हत्या भएन । जम्मा जम्मी २ दर्जन जति नागरिक मारिएका छन् । विश्वका अरु देशको तुलनामा यो त्यति ठूलो कत्लेआम होइन ।
यसैगरी नेपालमा गणतन्त्र स्थापना पछि तत्कालिन राजा तथा राजपरिवारका सदस्यलाई सम्मानका साथ आफ्नोे व्यापार व्यवसाय गर्ने अवशर दिइएको छ । यति मात्रै होइन, गणतन्त्र ठिक भएन भन्दै देश व्यापी भाषण गर्दै हिड्ने अवशर पनि पूर्व राजा ज्ञानेन्द्र शाह तथा उहाँको परिवारलाई प्राप्त भएको छ । त्यसैले नेपालको गणतन्त्र अरु देशको गणतन्त्र भन्दा पृथक छ । जनतालाई प्राप्त राजनीतिक अधिकारको दृष्टिकोणले गणतन्त्रको आलोचना गर्ने ठाउँ छैन । तर गणतन्त्र स्थापनाको १६ वर्षको अवधीमा भएका अन्य गतिविधिहरुको विश्लेषण गर्ने हो भने जनतामा आशा भन्दा निराशा बढी उत्पन्न भएको छ । यतिसम्मकी गणतन्त्र दिवस मनाउन समेत जनतालाई जाँगर चल्न छाडेको छ ।
मुलुकमा कुशासनको अन्त्य भएको दिन उत्सव मनाउनुपर्नेमा गणतन्त्रलाई संस्थागत गर्न व्यक्त गरिएका विचारहरु बाट प्रष्ट हुन्छकि अझै पनि गणतन्त्र पूर्ण रुपमा संस्थागत भएको छैन । जेठ १५ अर्थात एक जुगमा एक दिन जसले समाजमा उथलपुथल ल्याएको दिन । ऐतिहासिक महत्वको दिनमा उत्सव नहुँनलेु गणतन्त्रमाथि प्रश्न उठेको छ । नेपालमा राजतन्त्रले सयौं वर्ष शासन चलायो । शोषण सहितको राणाशासनले आजित नेपाली जनताको जनसंघर्षले जन्माएको गणतन्त्रले आज सार्थकता त पाएको छ । तर जति अपेक्षा थियो । त्यति हुनसकेको छैन । गणतन्त्रमा अझैं पनि सामन्तवााद शैली विद्यमान छन । यि शैली र जनभावनाविपरित तथा संघियता विपरितका गतिविधिहरु नसुधारेमा श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार भनेर नाम फेर्नु मात्र गणतन्त्रको उपलब्धि हुने छ ।
रुकुम पश्चिम
प्रतिक्रिया