पर्यटन प्रवर्द्धनका लागि पालिएको घोडा शंकास्पद मृत फेला, सत्यतथ्य छानबिनको माग

दोलखा । दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा पर्यटन प्रवर्द्धनका लागि पालिएको घोडा शंकास्पद मृत अवस्थामा फेला परेको छ । दोलखा जिल्लाको शैलुङ– ८ स्थित स्थानीय पर्यटन प्रवर्द्धनमा लागि रुद्र थपलियाले आफ्नो घरमा पाल्दै आएको घोडा जेठ ९ गते शैलुङको जंगलमा मृत भेटिएको थियो ।

मेडिकल डाक्टर मनिष ओलीले मृत फेला परेको घोडाको प्रारम्भिक अवस्थामा हेर्दा कुनै जंगली जनावरको आक्रमण बाट घोडाको मृत्यु भए जस्तो नदेखिएको र शंकास्पद रूपमा घोडा मृत अवस्थामा रहेको बताए ।

उनले घोडाको शरीर, आँखा र अन्य भागहरु हेर्दा रगतहरू कतै पनि नदेखिएको र जंगली जनावरले आक्रमण गरेको जस्तो भाग शरीरमा कतै पनि नदेखिएको बताए ।

यससँगै घटनाबारे समाजसेवी पर्यटन व्यवसायी रुद्र थपलियाले प्रहरी चौकी भैंसेमा लिखित निवेदन समेत दिएर घोडाको मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन निवेदनमा उल्लेख गरेका छन् । पछिल्लो समय उक्त घोडा शैलुङ क्षेत्रमा निकै चर्चामा रहँदै आएको थियो ।

प्रतिक्रिया