आइपिभी खोप अभियानका सन्दर्भमा विचार गोष्ठी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा आइपीभी, खोप अभियान २०८१ को सन्दर्भमा खोप दिने स्वास्थ्यकर्मी र बिद्यालयका प्रतिनिधि बिच शनिबार गोष्ठी भएको छ ।

इन्जेक्सन, पोलियो भेक्सिन, आइपिभी, अभियान आइतबारदेखि सुरु हुन लागेकाले अभियानमा सहयोग गरिदिनका लागि स्वास्थ्य कार्यालय पर्साका शाखा प्रमुख मोहन साहले सो अवसरमा आग्रह समेत गरे ।
२०७३ बैसाखदेखि २०७५ असोजसम्म पोलियोको भ्याक्सिन उपलब्ध नएकाले ६ वर्ष आठ महिना उमेरदेखि ८ वर्ष एक महिना उमेर समूहका बालबालिकालाई आइपिभी खोप लगाउन लागिएको साहले बताए ।

आइपिभी खोप प्रत्येक बिद्यालयमा लागाइने भएकाले यस अभियानमा शिक्षकहरुकोे अहमभुमिका रहेकोले बिद्यालयमा पढने बालबालिकालाई उमेरका अनुसार खोपलगाइ कार्यक्रमलाई सफल बनाई दिनाई दिन आग्रह समेत गरे ।

गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले भने, उमेर पुगेका बालबालिका नछुटने गरि समयमा खोप लगाइ अभियान सफल बनाइदिन स्वास्थ्यकर्मी र बिद्यालयका शिक्षकलाई आग्रह समेत गरे । उक्त खोप नलगाएका कारण रोग लागेमा निको नहुने भएकाले समयमा नै खोप लगाइ आफ्ना बालबालिकालाई स्वस्थ्य राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया