गाडी भाडामा ४५ प्रतिशत छुट दिन स्ववियुको माग

जनकपुरधाम । राराब क्याम्पसको स्ववियूले यातायात भाडामा सहमती अनुसार ४५ प्रतिशत सहुलियत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । स्ववियुका सभापति मनिष यादव र सचिव करण साहको नेतृत्वमा विद्यार्थीका अगुवाहरुले यातायात व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय धनुषामा ध्यानाकर्षण पत्र बुझाउदै विगतका सहमति कार्यान्वयनको माग गरेका छन् ।


संघका अध्यक्ष मनोज कुमार चौधरी र धनुषाका प्रमुख जिल्ला अधिकारी दुवैलाई भेटेर विद्यार्थी नेताहरुले आफुहरु भिक्षा होइन सहमती अनुसारको अधिकार मात्र मागिरहेको भन्दै कार्यान्यवनमा ल्याउन आग्रह गरेका छन् । उनीहरुले ०५९ र ०६५ सालमा सोहि सन्दर्भमा सरकार र विद्यार्थी बिच भएको सहमतिको समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया